अटुट प्रेम के हो ?

नेपालभ्युज

अटुट प्रेम के हो ?

एजेन्सी । अटुट प्रेममा तपाईं अरुलाई माया दिन जान्नुहुन्छ । यो यस्तो प्रेम हो जो मनको गहिराईबाट निस्कने गर्दछ । अटुट मायाले दिमागको केही हिस्सामा राम्रो असर पार्छ ।

यो एउटा यस्तो प्रेम सम्बन्ध हो जसमा कुनै पनि स्वार्थ लुकेको हुँदैन, यो कुनै शर्त बिना हुने गर्छ । अटुट प्रेम अस्थाई वा फाइदाका लागि भएको हुँदैन । यो आत्मा जस्तै शुद्ध हुन्छ ।

अटुट प्रेममा सुरक्षा हुन्छ

मनको गहिराईबाट आउने मायामा सुरक्षा हुन्छ । जहाँ तपाईं बिना शर्त आफ्नो पार्टनरलाई दिनुहुन्छ । उसलाई सुरक्षा दिने भावना तपाईंको मनको गहिराईबाट नै आउँछ ।

यसको लागि सोंच्नुपर्ने हुँदैन । प्रेमीलाई एकदमै धेरै माया गर्छु भन्ने कुरा उसले गर्ने सुरक्षाबाट नै झल्किन्छ । शारीरिक तथा मानसिक रुपमै आफ्नो जीवनसाथीलाई बलियो बनाउने र सुरक्षा दिने उसको भित्री भावना हुन्छ ।

सम्बन्धको उचाईं धेरै हुन्छ

यस्तो प्रेम मा मानिसले सबै सम्बन्धबाट आफ्नो प्रेमलाई नै माथि राखेको हुन्छ । प्रेमीहरु यस्तो उचाईमा पुगिसकेका हुन्छन् जहाँ एकअर्काको गल्ती कमजोरी, एकअर्कालाई गाली गर्नु, रिसाउनु जस्ता कुरा सामान्य हुन्छन् । यस्तो कुराहरु दिनहुँ घटे पनि सम्बन्धमा दरार आउँदैन । हरेक समस्यालाई दुबैले मायाले नै समाधान गर्ने गर्छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved