नेवाः र तामाङ भाषालाई सरकारी कामकाजको भाषा बनाउन गृहकार्य सुरु

नेपालभ्युज

नेवाः र तामाङ भाषालाई सरकारी कामकाजको भाषा बनाउन गृहकार्य सुरु

काठमाडौं । बागमती प्रदेश सरकारले नेवाः र तामाङ भाषालाई सरकारी कामकाजको भाषा बनाउन गृहकार्य सुरु गरेको छ । मंगलबार बसेको मन्त्रीपरिषद्को बैठकले यसका लागि आवश्यक तयारीका लागि मन्त्री कुमारी मोक्तानको संयोजकत्वमा मन्त्रीद्वय डम्बर तामाङ र एकालाल श्रेष्ठसहित भाषा विज्ञ रहने ५ सदस्यीय समिति गठन गरेको छ ।

बैठकले बागमती प्रदेशका सेवाग्राहीलाई एकीकृत रूपमा सेवा प्रवाह गर्न आवश्यक पर्ने तयारीका लागि प्रमुख सचिव मुकुन्द प्रसाद निरौलाको नेतृत्वमा सम्बन्धित मन्त्रालयका सचिवहरू रहनेगरी समिति गठन गरेको आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठले जानकारी दिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved