गायक सीताराम पोखरेल भारतीय टेलिभिजनको सबैभन्दा ठूलो ‘दादा साहेब फाल्के अवार्ड’ बाट सम्मानित

नेपालभ्युज

गायक सीताराम पोखरेल भारतीय टेलिभिजनको सबैभन्दा ठूलो ‘दादा साहेब फाल्के अवार्ड’ बाट सम्मानित

काठमाडौं। वरिष्ठ गायक सीताराम पोखरेल भारतको मुम्बईमा आयोजित कार्यक्रममा भारतीय टेलिभिजनको सबैभन्दा ठूलो ‘दादा साहेब फाल्के अवार्ड’ बाट सम्मानित भएका छन् ।

भारतीय टेलिभिजनका सिनियर कलाकारको बीचमा मुम्बईको ताज होटलको सभाहलमा पोखरेललाई मुम्बईका एसीपी सञ्जय पटेलले अवार्ड सहित सम्मान गरेका थिए ।

‘यो सम्मानले मेरो जिवनमा खुसीसँगै हौसला थपेको छ, विदेशी भूमिमा देशको नाम राखेर आउन पाउँदा अझै केही गर्ने  आँट थपिएको छ’ उनले भने ।

गायक पोखरेल नेपालमा पनि उत्तिकै चर्चित छन् । उनले हरेक वर्ष आफ्नो नयाँ गीत सार्वजनिक गर्दै आएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved