भ्यालेन्टाइनमा यामाहाको रोम्यान्टिक ‘कि टु द गोल्डेन हार्ट’ स्किम

नेपालभ्युज

भ्यालेन्टाइनमा यामाहाको रोम्यान्टिक ‘कि टु द गोल्डेन हार्ट’ स्किम

काठमाडौं । भ्यालेन्टाइनको अवसरमा यामाहाले रोमान्चक र रोम्यान्टिक स्किम ल्याएको जनाएको छ । ‘की टू द गोल्डेन हार्ट’ नाम दिइएको स्किमले १ लाखसम्मको क्यासब्याकको अफर ल्याएको हो।

हरेक हप्ता यमाहाले एउटा सुनको लकेट र यामाहाको सुनको चाबी पनि उपहार स्वरूप दिने कम्पनीले जनाएको छ। लक्की ड्र मार्फत हरेक हप्ता बिजेताको घोषणा गरिनेछ । यो अफर यामाहाका सीमित मोडेलहरुको खरिदमा मात्र उपलब्ध हुनेछ।

यी मोडेलहरु FZ-S FI Version 3.0, FZ-S FI Version 2.0, FZ FI Version 2.0, SZ-RR Version 2.0, Saluto 125 cc, Ray ZR 125 FI, Fascino 125 FI र Ray Z 113 cc रहेका छन्। यो अफर यामाहा स्कुटरमा १-१७ फेब्रुअरी, २०२३ सम्म मात्र लागु हुनेछ । यामाहाको बाकइहरूमा १९ जनवरी, २०२३ देखि नयाँ योजना घोषणा नगरेसम्म लागू हुनेछ ।

यामाहा नेपालका मार्केटिङ प्रमुख यम गुरुङका अनुसार यो योजनाले बाइक उत्साहीहरूलाई कम डाउन पेमेन्ट र न्यून ब्याज दरमा बाइक/स्कुटर किन्न पाउने अवसर प्रदान गर्ने विश्वास व्यक्त गरे ।

खरिदकर्ताले एकै पटकमा सम्पूर्ण रकम लगानी गर्न नसकेमा यामाहासँग वैकल्पिक प्रस्ताव पनि अगाडि सारेको छ। खरिदकर्ताले सबैभन्दा कम डाउनपेमेन्ट अर्थात् पूर्ण रकमको २० प्रतिशतसम्म तिरेर केवल ९.९९ प्रतिशतको न्यूनतम ब्याजदर सवारी खरिद गर्न सक्ने उनले जानकारी दिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved