टर्की र सिरियामा भूकम्पबाट मृत्यु हुनेको सङ्ख्या १,९०० नाघ्यो

नेपालभ्युज

टर्की र सिरियामा भूकम्पबाट मृत्यु हुनेको सङ्ख्या १,९०० नाघ्यो

इस्तानबुल । टर्की र सिरियामा सोमबार गएको करिब एक शताब्दी यताकै शक्तिशाली भूकम्पका कारण मृत्यु हुनेको सङ्ख्या १ हजार ९०० भन्दा बढी पुगेको छ ।

टर्कीको आपतकालीन सेवाहरूले ७.८ म्याग्निच्युडको भूकम्पमा कम्तिमा १,१२१ व्यक्तिको मृत्यु भएको र सिरियामा थप ७८३ जनाको मृत्यु भएको पुष्टि गरेका छन् । दुवैतिरको हताहतीको संख्या १,९०४ पुगेको बताइएको छ । थप विवरण सार्वजनिक हुने क्रममा छ ।

सोमबार बिहान सुतेकै अवस्थामा भूकम्पको शक्तिशाली धक्का महसुस गरिएको थियो । उक्त भूकम्पका कारण टर्की र सिरियामा ठूलो क्षति भएको हो । सिरियामा जारी गृहयुद्ध र अन्य द्वन्द्वका कारण लाखौं मानिसले भरिएको यस क्षेत्रका प्रमुख शहरको पूरै क्षेत्रलाई कम्पन गर्नेगरी भूकम्प गएको हो ।

दिउँसो ७ दशमलव पाँच म्याग्निच्युटको अर्को ठूलो भूकम्प गएको छ । यसले चर्किएका संरचनामा थप क्षति पुर्‍याएको छ ।

एएफपी


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved