एनएसजेएफ अवार्ड : पिपल्स च्वाइसको मनोनयन सार्वजनिक,

समर्थकहरुले आफ्नो इ–सेवा अकाउन्टमार्फत अनलाईन भोट दिन सक्नेछन् । 

नेपालभ्युज

एनएसजेएफ अवार्ड : पिपल्स च्वाइसको मनोनयन सार्वजनिक,

काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को आयोजनामा हुने ‘एनएसजेएफ–स्पोर्ट्सको अवार्ड’ को पिपल्स च्वाइस विधाको मनोनयन सार्वजनिक भएको छ। सोमबार आयोजित पत्रकार सम्मेलनमा मञ्चले पिपल्स च्वाईस विधाको ५ मनोनयन सार्वजनिक गरेको हो ।

सो विधामा क्रिकेटर आसिफ शेख, टेनिस खेलाडी अभिलाषा विष्ट, फुटबलर अञ्जन विष्ट, पौडी खेलाडी डुवाना लामा र भलिबल खेलाडी उषा भण्डारी रहेका छन् । मनोनित क्रिकेटर आसिफले आफ्नो मनोनयनलाई क्रिकेट प्रतिको मायाको रुपमा लिएको बताए। उनले भने, ‘अवार्डको लागि मनोनयन हुँदा गर्व महशुश भएको छ। यसले क्रिकेटमा अझैँ दृढ भएर अघि बढ्न थप उत्साह प्रदान गरेको छ।’

भलिबल खेलाडी उषाले भनिन,  ‘यो मनोनयनलाई उषाको लागि भन्दा पनि भलिबललाई दिन चाहन्छ। यस्तो अवार्डले खेलाडीलाई थप उर्जा प्रदान गर्दछ।’

यो विधाको लागि २०७८ देखि २०७९ फागुनसम्म चर्चामा रहेका सम्पूर्ण खेलाडीलाई समावेश गरिएको एनएसजेएफका अध्यक्ष दुर्गा नाथ सुवेदीले जानकारी गराए। सोमबारबाट खुलेको अनलाईन भोटिङ फागुन २१ गते राति १२ बजेसम्म खुल्ला हुने अध्यक्ष सुवेदीले बताए।

यस विधाको विजेताले पल्सर मोटरसाइकल पनि प्राप्त गर्नेछन्। पिपल्स च्वाइस विधाका विजेता खेल पत्रकार, राष्ट्रिय प्रशिक्षक र समर्थकको अनलाईन भोटिङबाट मानोनित गरिनेछ। जसअन्तर्गत कुल मतभारलाई ईसेवाको ५० प्रतिशत, अवार्डको आधिकारिक फेसबुक पेजको २५ प्रतिशत, राष्ट्रिय प्रशिक्षकको र खेलपत्रकारको समान १२.५ प्रतिशत मतभार गणना गरिनेछ।

यस्तै कार्यक्रममा मञ्च र अनलाईन पेमेन्ट कम्पनी ईसेवाबीच पनि २ वर्षको लागि सम्झौता भएको छ। समर्थकहरुले आफ्नो इ–सेवा अकाउन्टमार्फत अनलाईन भोट दिन सक्नेछन् ।

यसबाहेकका अन्य ४ विधाका विजेतालाई पनि अवार्ड प्रदान गरिनेछ। अन्य ४ विधाका विजेतालाई भने जनही ५० हजार रुपैँया र गिफ्टह्याम्परसहित सम्मान गरिनेछ। अवार्ड कार्यक्रम फागुन २३ मा आयोजना गरिनेछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved