अन्त्येष्टिका लागि आर्यघाट पुर्‍याइएको शिशुको शव प्रहरी नियन्त्रणमा

नेपालभ्युज

अन्त्येष्टिका लागि आर्यघाट पुर्‍याइएको शिशुको शव प्रहरी नियन्त्रणमा

काठमाडौं। पशुपतिमा अन्त्येष्टिका लागि लगिएको एक १७ महिनाको शिशुको शव प्रहरीले नियन्त्रणमा लिएको छ ।

तारकेश्वर नगरपालिका–३ चिसापानीबाट ‘पानीमा डुबेर मरेको’ भन्दै बच्चाको शव अन्त्येष्टिका लागि पशुपतिमा ल्याइएको थियो ।

तर, शरीरमा निलडाम भएको भन्दै फोन आएपछि प्रहरीले शवलाई नियन्त्रणमा लिएर परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा पठाएको छ ।

घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved