सौन्दर्य प्रतियोगिताका नाममा बालिका बलात्कार गर्ने पाण्डेलाई ७ वर्ष कैद

नेपालभ्युज

सौन्दर्य प्रतियोगिताका नाममा बालिका बलात्कार गर्ने पाण्डेलाई ७ वर्ष कैद

काठमाडौं । सौन्दर्य प्रतियोगिताको नाममा बालिकामाथि जबर्जस्ती करणी गरेकोमा दोषी ठहर भएका मनोज पाण्डेलाई   जिल्ला अदालत काठमाडौंले ७ वर्ष कैद सजाय सुनाएको छ ।

अदालतले पाण्डेलाई ७५ हजार रुपैयाँ क्षतिपूर्ति दिन पनि भनेको छ । न्यायाधीश दीपक ढकालको इजलासले सोमबार पाण्डेलाई ७ वर्ष कैद र पीडितलाई ७५ हजार रुपैयाँ क्षतिपूर्ति दिने सजाय निर्धारण गरेको हो ।

८ वर्षअघि सौन्दर्य प्रतियोगिताको नाममा एक किशोरीलाई नशालु पदार्थ खुवाएर बलात्कार गरेको अभियोग उनलाई लागेको थियो । तर बलात्कार मुद्दा दायर गर्न हदम्याद नाघिसकेका कारण मानव बेचबिखनसम्बन्धी मुद्दा चलाइएको थियो ।

यो मुद्दामा उनी यसअघि नै दोषी ठहर भएका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved