मधेस प्रदेश सरकारमा माओवादी पनि सहभागी हुने

नेपालभ्युज

मधेस प्रदेश सरकारमा माओवादी पनि सहभागी हुने

जनकपुरधाम। मधेस प्रदेश सरकारमा माओवादी केन्द्र पनि सहभागी हुने भएको छ ।  जनता समाजवादी पार्टीको पेलानमा परेको माओवादी केन्द्र अन्ततः मधेस प्रदेश सरकारमा सहभागी हुने भएको हो ।

जसपाले संघीय सरकारमा ठाउँ नपाएपछि मधेसमा माओवादीलाई स्थान दिन खोजेको थिएन।

मधेस प्रदेश सरकारका मुख्यमन्त्रीले गत माघ २० गते गठन गरेको मन्त्रिपरिषद् विस्तारमा सहभागी नभएको माओवादी केन्द्र जम्मा एक मन्त्रालय लिएर सरकारमा सहभागी हुन लागेको हो ।

माओवादीले शहीद रामवृक्ष यादवकी छोरी सुनीता यादवलाई मन्त्री बनाउने भएको छ । स्रोतका अनुसार उनको शपथग्रहण मंगलबार हुनेछ । माओवादीले उद्योग, पर्यटन तथा वन मन्त्रालय पाउने टुङ्गो लागेको र सोही मन्त्रालयको राज्यमन्त्री पनि लिने तयारी छ ।

स्रोतका अनुसार समानुपातिक सांसद सुनीता यादवलाई मन्त्री र पर्साबाट निर्वाचित रहबर अन्सारीलाई राज्यमन्त्रीको जिम्मेवारी दिइने भएको छ । अन्सारी माओवादी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डनिकट छन् । मधेस प्रदेशमा माओवादी केन्द्रका ९ सांसद रहेका छन् ।

माओवादीका मधेस प्रदेश संसदीय दलका नेता भरतप्रसाद साहले माओवादीलाई दुई मन्त्रालय दिनुपर्ने अडान राख्दै आएका थिए । तर, एउटा मात्रै पाउँदा उनी आफैं मन्त्री हुनबाट वञ्चित भए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved