उपत्यकाका तीन ठाउँमा बर्डफ्लू संक्रमण पुष्टि

नेपालभ्युज

उपत्यकाका तीन ठाउँमा बर्डफ्लू संक्रमण पुष्टि

काठमाडौं। काठमाडौं उपत्यकाका विभिन्न तीन ठाउँमा बर्डफ्लू संक्रमण पुष्टि भएको छ । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका अनुसार काठमाडौंको तारकेश्वर नगरपालिका, नार्गाजुन नगरपालिकाको रामकोट र तथा ललितपुरको खुमलटारमा पालिएको कुखुरामा बर्डफ्लू संकमण पुष्टि भेटिएको हो ।

मन्त्रालय स्रोतकाअनुसार गत शुक्रबार खुमलटारस्थित कृषिअनुसन्धान परिषद् नार्कको अनुसन्धान फार्ममा पहिलो संक्रमण पुष्टि भएको थियो । संक्रमण पुष्टिपछि सानो परिमाणमा रहेको त्यहाँको पन्छि नष्ट गरिसकिएको मन्त्रालयले जनाएको छ ।

यस्तै, नार्गाजुन नगरपालिका ६ रामकोटको फार्ममा  पनि बर्डफ्लू संकमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । त्यहाँ फर्ममा रहेका ४ हजार ५ सय कुखुरा र २ हजार २५५ वटा अण्डा नष्ट गरिएको पनि मन्त्रालयले जनाएको छ ।

तारकेश्वरको एक फार्ममा रहेका कुखुरामा पनि बर्डफ्लू पुष्टि भएपछि अहिले पन्छी नष्ट गर्ने काम भइरहेको मन्त्रालयले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved