प्रचण्ड, देउवा र ओलीबीच सिंहदरबारमा वार्ता, राष्ट्रपतिमा सहमति जुटाउने प्रयास

राष्ट्रपति चुनावका लागि उम्मेदवारी मनोनयनको दिन नजिक आउँदै गर्दा भएको यो भेटवार्तालाई अर्थपूर्ण मानिएको छ ।

नेपालभ्युज

प्रचण्ड, देउवा र ओलीबीच सिंहदरबारमा वार्ता, राष्ट्रपतिमा सहमति जुटाउने प्रयास

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित तीन दलका शीर्ष नेताबीच भेटवार्ता भएको छ । राष्ट्रपति चुनावका लागि उम्मेदवारी मनोनयनको दिन नजिक आउँदै गर्दा भएको यो भेटवार्तालाई अर्थपूर्ण मानिएको छ ।

सिंहदरबारमा प्रधानमन्त्री प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको हो । भेट मुख्यत राष्ट्रपतिको चयनका विषयमा केन्द्रित रहेको बताइएको छ ।

यसअघि माओवादी केन्द्रले राष्ट्रपतिका लागि राष्ट्रिय सहमति खोज्नुपर्ने निर्णय गरेको थियो । सोही अनुसार दुई शीर्ष नेतासँग छलफल गरेको प्रधानमन्त्री निकट स्रोतले जनाएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिए लगत्तै मुख्य तीन दलका नेताबीच छलफल भएको हो । फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनका लागि फागुन १३ गते उम्मेदवारी दर्ता गर्नुपर्नेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved