खामेनीद्वारा इरानका १०,००० कैदीहरूलाई ‘सशर्त’ आममाफी

नेपालभ्युज

खामेनीद्वारा इरानका १०,००० कैदीहरूलाई ‘सशर्त’ आममाफी

एजेन्सी। इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनीले जेलबाट १० हजारभन्दा बढी कैदीलाई आममाफी दिएका छन् । आममाफीसँगै रिहा गर्न आदेश दिइएकाहरूमा हालैका सरकार विरोधी प्रदर्शनहरूमा संलग्न पुरुष र महिला कैदीहरू पनि समावेश छन् ।

इरानको आधिकारिक मिडियाको एक रिपोर्टमा यो माफी ‘सशर्त’ रहेको बताइएको छ । उनको यो निर्णय इस्लामिक क्रान्तिको ४४ औँ वर्षगाँठको केही दिनअघि लिइएको हो ।

करिब पाँच महिनाअघि २२ वर्षीय महसा अमिनीलाई प्रहरीले ‘हिजाब राम्ररी नलगाएको’ भन्दै कुटपिट गरी हत्या गरेको थियो । त्यसपछि इरानमा प्रदर्शनको शृङ्खला सुरु भयो ।

हिजाब नलगाउन महिलाहरूले आन्दोलन गरिरहेका छन् । उनीहरूको समर्थनमा पुरुष पनि छन् । यी मानिसहरू देशको मोरालिटी प्रहरीको कठोरता र मनोमानीपनको विरोध गरिरहेका छन् ।

त्यसयता आन्दोलन रोक्न प्रहरीले हजारौँलाई हिरासतमा लिएको छ । हालसम्म ५०० भन्दा बढी प्रदर्शनकारीको मृत्यु भइसकेको मानवअधिकार सङ्गठनहरूले बताएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved