‘गोल्डेन एथलेटिक्स मिट’ मा सन्तोषी श्रेष्ठलाई स्वर्ण

नेपालभ्युज

‘गोल्डेन एथलेटिक्स मिट’ मा सन्तोषी श्रेष्ठलाई स्वर्ण

काठमाडौं। ‘गोल्डेन एथलेटिक्स मिट’ मा सन्तोषी श्रेष्ठले ५ हजार मिटर महिला दौडमा स्वर्ण पदक जितेकी छिन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार बागमती प्रदेशकी सन्तोषीले स्वर्ण जितेकी हुन्।

सन्तोषीले निर्धारित दूरी १७ मिनेट ०७.९ सेकेन्डमा पूरा गरिन् । उनले गण्डकी प्रदेशमा आयोजना भएको नवौं राष्ट्रिय खेलकुदमा समेत स्वर्ण जितेकी थिइन् ।

नेपाल पुलिस क्लबकी राममाया बुढाले १८ मिनेट ४४.३ सेकेन्डमा दौड पूरा गर्दै रजत जितिन्। पुलिस क्लबको रेखा विष्टले निर्धारित दूरी १८ मिनेट ४५७ सेकेन्डमा पूरा गर्दै कांस्य  जितिन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved