तनाव कम गर्न गुलाफको चिया

नेपालभ्युज

तनाव कम गर्न गुलाफको चिया

एजेन्सी । गुलाफको प्रयोग हजारौं वर्षदेखि सांस्कृतिक तथा औषधीय उद्देश्यका साथ गरिँदै आइएको छ । गुलाफको फूलका पत्तीहरुको प्रयोग हर्बल चियाका रुपमा पनि गरिन्छ । जसलाई पिउँदा तपाईंलाई धेरै फाइदाहरु प्राप्त हुनेछन् ।

तनाव भगाउनका लागि दिनहुँ गुलाफको चिया एकदमै फाइदाजनक मानिन्छ । आज यहाँ जान्ने प्रयास गरौं गुलाफको फूलको चिया पिउनका फाइदा कस्ता कस्ता छन् ।

तनाव कम गर्छ

एक कप गुलाफको चियाले चिन्ता शान्त पार्नुका साथै तनाव कम गर्न सहयोग पुर्‍याउँछ । अध्ययनबाट गुलाफको चियाले तनावको स्तर कम गर्ने र गहिरो निन्द्रा लाग्ने बताएको छ । गुलाफको चियामा चिन्तासँग लड्ने एलथेनाइन पाइन्छ जसले तपाईंलाई टेन्शन फ्रि राख्न मद्दत पुग्छ ।

पाचनक्रियामा सुधार

प्राचीन समयमा गुलाफको फूलका पत्तीहरुको प्रयोग पाचनक्रियालाई सही गर्नका लागि गर्ने गरिन्थ्यो । गुलाफको चियाले तपाईंको पाचन क्रियामा सुधार ल्याउनुका साथै पेटका समस्याहरुबाट पनि छुट्कारा दिन्छ । यसलाई नियमित पिउनाले पेट सही अवस्थामा रहन्छ ।

महिनावारीको दुखाईमा राहत

महिनावारीमा हुने दुखाईमा पनि राहत प्रदान गर्ने काम गर्दछ । शारीरिक तथा मानसिक स्वास्थ्यको कुरा आयो भने गुलाफको चिया एकदमै फाइदाजनक मानिन्छ ।

सुन्नीएको कम गर्छ

गुलाफको चियाले शरीरको कुनै पनि भागमा हुने खालको दुखाई र सुन्निएको छ भने पनि त्यसलाई निको पार्नका लागि महत्वपूर्ण भूमिका खेल्छ ।

मुखको घाउ

गुलाफको चियाले मुखमा हुने घाउहरुमा पनि राहत दिन्छ । माउथ अल्सर जस्तो समस्या हुँदा पनि तपाईं गुलाफ चिया पिउन सक्नुहुन्छ । यसले तपाईंलाई राहत प्रदान गर्नेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved