बच्चाको स्मरणशक्ति बढाउने उपाय

नेपालभ्युज

बच्चाको स्मरणशक्ति बढाउने उपाय

एजेन्सी । कुनैपनि कुरा ग्रहण गर्ने तरिका र क्षमता भिन्न–भिन्नै हुन्छ, हरेक बच्चामा । पढेको, हेरेको, सुनेको कुरा बुझ्न र स्मरण गर्न सक्ने क्षमतामा पनि एकरुपता हुँदैन । कोही तिक्ष्ण बुद्धिका हुन्छन्, कोही कमजोर ।

त्यसैले बच्चालाई एकअर्कासँग तुलना गरेर हेर्नु आफैमा मूर्खता हो । प्रायः अभिभावकको गुनासो हुन्छ, ‘मेरो बच्चाले पढेको कुरा सम्झन सक्दैन ।’ यसमा उसको ग्रहण गर्ने क्षमता मात्र होइन, पढाउने वा बुझाउने विधिमा पनि कमजोरी हुन्छ ।

कुनैपनि कुरा पढाउँदा, बुझाउँदा कसरी प्रभावकारी हुन्छ भन्ने कुरामा हामीले ख्याल गर्नुपर्छ, ताकि बच्चाले त्यसलाई सहजै स्मरण गर्न सकोस् ।

भिजुअलाइज गर्ने प्रयास गरौं 

कुनैपनि कुरा स्मरणीय बनाउन एवं सहजै ग्रहण गर्नका लागि राम्रो तरिका हो, भिजुअलाइज गर्नु । जुन कुरा हामी बच्चालाई पढाउन वा बुझाउन खोज्छौं, त्यसलाई सदृश्य प्रस्तुत गर्नुपर्छ ।

बच्चाको दिमागमा त्यसको तस्विर बनाउन सकिन्छ, जुन उसले पढ्ने कोसिस गरिरहेको छ । यसका लागि भिजुअल गेम्स, प्ले कार्ड्स जस्तै कुनैपनि चिजको साहारा लिन सकिन्छ । हरेक कुरा बुझाउँदा बच्चाको मस्तिष्कमा त्यसको तस्विर उतार्ने प्रयास गर्नुपर्छ ।

उसलाई पढाउन दिनुहोस्

बच्चाहरु आफुभन्दा ठूलाको नक्कल गर्न खोज्छन् । उनीहरु शिक्षक जस्तै बनेर पढाउने अभ्यास पनि गर्छन् । यसलाई अभिभावकले थप प्रेरित गर्नुपर्छ । बच्चालाई शिक्षक जस्तै बन्न दिने र उसले जानेको कुरा पढाउने अभ्यास गराउनुपर्छ ।

पढाउने काममा अभ्यस्त हुँदै गएपछि अलि जटिल विषयमा पनि उसलाई पढाउन प्रेरित गर्नुपर्छ । जब उसले पढाउन थाल्छ, ठूलो स्वरले बोल्न लगाउने । बोर्डमा लेख्न लगाउने । साथै उसले पढाएको कुरा दोहोर्‍याउन लगाउने । यसले उसको स्मरण क्षमता बढाउँछ ।

प्रश्न सोधौं 

जब तपाई बच्चाको साथमा रहन्छ, केही प्रश्न गर्नुहोस् । जस्तो कि, तिम्रो दिन कसरी बितिरहेको छ ? बिद्यालयमा तिम्रो साथी को–को छन् ? इत्यादी । उसले खाएको खानेकुरा वा लगाएको लुगाको बारेमा पनि प्रश्न गर्नुहोस् ।

अघिल्लो हप्ता उसले सबैभन्दा मीठो खानेकुरा के खाएको थियो ? वा उसको रमाइलो क्षण कुन थियो ? जस्ता प्रश्नले पनि उसको स्मरण शक्ति बढाउन मद्दत गर्छ ।

कलर कोड

कुनैपनि अक्षर चिनाउँदा वा पढाउँदा रंगको माध्यम अपनाएर स्मरणिय बनाउन सकिन्छ । अक्षरलाई भिन्न भिन्नै रंगले हाइलाइट गर्ने वा अन्डरलाइन गरेर पढाउँदा उनीहरुले रंगको माध्यमबाट पनि सो कुरा स्मरण गर्न सक्छन् ।

जानकारीलाई टुक्रा–टुक्रा गर्ने

खानेकुरा जस्तै कुनैपनि जानकारीलाई स–सानो हिस्सामा बाँडनुहोस । जस्तो कुनै पाठ, कथा, कवितालाई एकमुष्ठ पढाउने भन्दा पनि स–सानो हिस्सामा विभाजन गरेर पढाउनु पर्छ । होमवर्कलाई पनि यसैगरी विभाजित गर्न सकिन्छ, ताकि उसले त्यसलाई सजिलै र लामो समयसम्म याद राख्न सकोस् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved