रविको धम्कीपूर्ण अभिव्यक्ति प्रेस स्वतन्त्रतामाथिको गम्भीर प्रहार : पत्रकार महासंघ

नेपालभ्युज

रविको धम्कीपूर्ण अभिव्यक्ति प्रेस स्वतन्त्रतामाथिको गम्भीर प्रहार : पत्रकार महासंघ

काठमाडौं  । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको अभिव्यक्तिप्रति नेपाल पत्रकार महासंघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

महासंघका महासचिव रोशन पुरीले आइतबार एक विज्ञप्ती जारी गर्दै लामिछानेले  नेपाली सञ्चार क्षेत्रप्रतिको आधारहीन र पूर्वाग्राही आरोप लगाउदै धम्कीपूर्ण अभिव्यक्ति दिनु प्रेस स्वतन्त्रतामाथिको गम्भीर प्रहार भएको बताएका हुन् ।

संसदको चौथो ठूलो दलका सभापति तथा गृहमन्त्रीसमेत रहिसकेको व्यक्तिले संयमता गुमाएर अभिव्यक्ति दिनु समग्र सञ्चारक्षेत्रमाथिको प्रहार भएको महासंघले जनाएको छ ।

लामिछानेको अभिव्याक्तिले कुनै अप्रीय घटना घटेमा त्यसको जिम्मेवारी लामिछाने र उनको पार्टीले  लिनुपर्ने विज्ञप्तिमार्फत महासंघले प्रष्ट पारेको छ ।

महासंघले  रविलाई आफूले दिएको अभिव्यक्ति फिर्ता लिई प्रेसको संवैधानिक अधिकारको सम्मान गर्न  माग गरेको छ ।

रास्वपाले आइतबार गरेको  पत्रकार सम्मेलनमा  लामिछानेले  पत्रपत्रिका र अनलाइन सञ्चारमाध्यमप्रति आक्रोशपूर्ण अभिव्यक्ति दिएका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved