राष्ट्रपति एमाले भित्रै छ, मेरो नाम चर्चामा आएपनि दौडमा छैन : पृथ्वीसुब्बा गुरुङ

उपमहासचिव गुरुङले सत्तारुढ दलहरुले राष्ट्रपतिमा कांग्रेसलाई मतदान गर्ने कुनै सम्भावना नरहेको बताए ।

नेपालभ्युज

राष्ट्रपति एमाले भित्रै छ, मेरो नाम चर्चामा आएपनि दौडमा छैन : पृथ्वीसुब्बा गुरुङ

काठमाडौं । सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का उपमहासचिव एवम प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले सत्तारुढ गठबन्धन भित्रैबाट राष्ट्रपति बन्ने बताएका छन् ।

उपमहासचिव गुरुङले एमालेलाई राष्ट्रपति दिने सहमती सत्तारुढ दलहरुबीच भइसकेको उल्लेख गर्दै त्यसमा पनि राष्ट्रिय सहमति जुटाउन पहल गर्ने बताए ।

आईतवार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीमाझ उनले आफू भने राष्ट्रपतिको दौडमा नरहेको स्पष्ट पारे । ‘गठबन्धन भित्रकै मान्छे राष्ट्रपति हुन्छ जो भए पनि । गठबन्धन भित्रको सहमति एमालेलाई राष्ट्रपति दिने हो ।

त्यसैमा राष्ट्रिय सहमतिको खोजि गर्ने हो,’ गुरुङले भने, ‘राष्ट्रिय सहमति भएन भने सत्तारुढ दलहरुबीचको सहमतिमा हुन्छ, राष्ट्रपति एमाले भित्रै छ  मेरो नाम चर्चामा आएपनि राष्ट्रपतिको दौडमा म भने छैन ।’

उपमहासचिव गुरुङले सत्तारुढ दलहरुले राष्ट्रपतिमा कांग्रेसलाई मतदान गर्ने कुनै सम्भावना नरहेको बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved