रिद्धि सिद्धि सिमेन्टद्वारा आयोजित एक दिने स्वास्थ्य शिविर सम्पन्न

नेपालभ्युज

रिद्धि सिद्धि सिमेन्टद्वारा आयोजित एक दिने स्वास्थ्य शिविर सम्पन्न

मकवानपुर। रिद्धि सिद्धि सिमेन्टको आयोजनामा गत बुधबार एकदिने स्वास्थ्य शिविर सम्पन्न भयो। राक्सिराङ्ग गाउँपालिकाको कार्यालय र राक्सिराङ्ग गाउँपालिकाको समन्वय तथा सहयोगमा आयोजित शिविरमा कलेज अफ मेडिकल साइन्सको प्राविधिक सहयोग रहेको थियो।

रिद्धि सिद्धि सिमेन्टका सीईओ गुणबहादुर खनालको प्रमुख आतिथ्यतामा सञ्चालित उक्त शिविर कार्यक्रममा कलेज अफ मेडिकल कलेजका म्यानेजर दुर्गा न्यौपाने, समाजसेवी सम्राट तुम्वाहाम्फे, राक्सिराङ्ग गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवचन्द्र गर्तौला लगायतले आतिथ्यता ग्रहण गरेका थिए। कार्यक्रममा जनरल फिजिसियन, बाल रोग, महिला रोग, हाड जोर्नी तथा नशा रोग, छाला रोगको परीक्षण तथा औषधि वितरणसमेत गरिएको थियो ।

रिद्धि सिद्धि सिमेन्टका खानी प्रमुख गणेश कुमार सिंह, प्रशासन प्रमुख अच्युत पराजुली, सप्लाई चेन प्रमुख गुरुप्रसाद घिमिरे लगायतको उपस्थिति रहेको थियो।

उक्त स्वास्थ्य शिविरमा १८९ जनाले स्वास्थ्य लाभ प्राप्त गरेका थिए। राक्सिराङ्ग गाउँपालिका वडा नं ४ का अध्यक्ष सञ्जय कोइरालाको सभापतित्वमा सम्पन्न भएको सो शिविर कार्यक्रम उक्त वडाकै विकुटार, मकवानपुरमा सम्पन्न भएको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved