आईएमई पेको मन्थ अफ लभ अफर सञ्चालनमा

नेपालभ्युज

आईएमई पेको मन्थ अफ लभ अफर सञ्चालनमा

काठमाडौं। आईएमई पेले मन्थ अफ लभ अफर सञ्चालनमा ल्याएको छ ।

अफर अनुसार आईएमई पे एपमा अफर अवधिभरी कम्तीमा ३ वटा विभिन्न कारोबारको भुक्तानी गरे पश्चात ५ जनाले सामसुङ् स्मार्टफोन जित्ने मौका पाउनेछन् ।

भ्यालेन्टाइन मनाइने महिना भएकाले अफरको नामाकरण पनि त्यसैअनुसार गरिएको उक्त अफर यही फेब्रुवरी ३ बाट सुरु भई २०२३ फेब्रुअरी भरी सञ्चालनमा रहनेछ ।

यस अफर अवधिको समाप्तिपछि आईएमई पेको आधिकारिक सामाजिक पेजहरूमार्फत भाग्यशाली विजेताहरूको घोषणा हुनेछ । नेपाली जनताहरूलाई डिजिटल माध्यममा कारोवार गर्न प्रोत्साहन गर्न र नगदरहित इकोसिस्टमलाई सहज बनाउन कम्पनीले यस अफर सञ्चालनमा ल्याएको हो ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved