आइतबार नेप्सेमा सामान्य सुधार

नेपालभ्युज

आइतबार नेप्सेमा सामान्य सुधार

काठमाडौं। आइतबार सेयर बजारमा सामान्य सुधार देखिएको छ । आज  १.५४ अंकले बढेको बजार २०९६.०८ बिन्दुमा रोकिएको हो ।

२५८ धितोपत्रको ३९ हजार १८७ वटा कारोबारबाट ५२ लाख ६ हजार ३७० कित्ता सेयर किनबेच हुँदा १ अर्ब ९३ करोड १७ लाख १९ हजार १०३ रुपैयाँको कारोबार भएको छ ।

आइतबार लाइफ इन्स्योरेन्स, माइक्रोफाइनान्स, निर्जीवन बिमा, अन्य र ट्रेडिङ उपसूचकको मूल्य घटेको छ भने त्यसबाहेक अन्य उपसूचकको मूल्य बढेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved