कर्णाली प्रदेश अस्पतालमा मिर्गौला प्रत्यारोपण सुरु

कर्णाली प्रदेश अस्पतालमा मिर्गौला प्रत्यारोपण सुरु

सुर्खेत। कर्णाली प्रदेश अस्पताल सुर्खेतमा मिर्गौला प्रत्यारोपण सेवा सुरु भएको छ । अस्पतालमा शनिबारबाट मिर्गौला प्रत्यारोपण सुरु भएको हो ।

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले सातै प्रदेशमा सेवा विस्तार गर्ने कार्यक्रमअन्तर्गत कर्णाली अस्पतालमा पनि मिर्गौला प्रत्यारोपण सुरु गरेको छ ।

यो अस्पताल र शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले मिर्गौला प्रत्यारोपणका लागि २०७८ साल चैत्र १० गते सम्झौता गरेको भए पनि १० महिनापछि सेवा सुरु गरिएको हो ।

नवलपरासीको बर्दघाट नगरपालिका–४ का ४३ वर्षीया आमाले आफ्ना २२ वर्षीया छोरालाई दान गरेको मिर्गौला शनिबार प्रत्यारोपण गरिएको छ । धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा.पुकारचन्द्र श्रेष्ठ नेतृत्वको टोलीले प्रत्यारोपण गरेको कर्णाली प्रदेश अस्पतालका निर्देशक डा.डम्बर खड्काले जानकारी दिए ।

काठमाडौंबाहिर पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानपछि कर्णाली प्रदेश अस्पतालमा मिर्गौला प्रत्यारोपण केन्द्र स्थापना भएको डा.पुष्करचन्द्र श्रेष्ठले बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved