राष्ट्रिय महिला भलिबल : एपीएफको लगातार दोस्रो जित

नेपालभ्युज

राष्ट्रिय महिला भलिबल : एपीएफको लगातार दोस्रो जित

काठमाडौं। राष्ट्रिय महिला भलिबल प्रतियोगितामा एपीएफले लगातार दोस्रो जित निकालेको छ ।

राष्ट्रिय खेलकुद परिषद् राखेपको कभर्डहलमा आइतबार भएको खेलमा एपीएफले त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको हो।

एपीएफले २५–१७ ले पहिलो सेट जित्न सफल भयो। दोस्रो सेटमा एपीएफले आर्मीमाथि २५–२१ ले जित निकाल्यो। तेस्रो सेटमा भने एपीएफले आर्मीलाई २५–१५ ले पराजित गर्‍यो।

अर्को खेलमा न्यु डायमन्ड क्लब र नेपाल पुलिस क्लब दिउँसो ३ बजे आमने-सामने हुनेछन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved