पाकिस्तानका पूर्व राष्ट्रपति परवेज मुशर्रफको निधन

मुशर्रफले सन १९९९ मा सैन्य कु गरेर पाकिस्तानको सत्ता कब्जा गरेका थिए । त्यसपछि सन २००२ मा भएको जनमत संग्रहपछि उनी राष्ट्रपति बनेका थिए ।

नेपालभ्युज

पाकिस्तानका पूर्व राष्ट्रपति परवेज मुशर्रफको निधन

काठमाडौं । पाकिस्तानका पूर्व सैन्य शासक परवेज मुशर्रफको ७९ वर्षको उमेरमा निधन भएको छ । उनी पाकिस्तानको सेना प्रमुख र राष्ट्रपति बनेका थिए ।

बीबीसीका अनुसार जनरल परवेज मुशर्रफको निधन भएको पाकिस्तानी सेनाले पुष्टि गरेको छ । एमीलाइडोसिस नामक रोगका कारण लामो समयदेखि अस्पतालमा रहेका मुसर्रफको उपचारकै क्रममा निधन भएको हो ।

यो रोग लागेका व्यक्तिमा शरीरका अंक विस्तारै निष्क्रिय हुँदै जान्छन् । मुशर्रफको जन्म सन १९४३ मा भारतको दिल्लीमा भएको थियो । विभाजनपछि उनको परिवार कराँची गएको थियो ।

मुशर्रफले सन १९९९ मा सैन्य कु गरेर पाकिस्तानको सत्ता कब्जा गरेका थिए । त्यसपछि सन २००२ मा भएको जनमत संग्रहपछि उनी राष्ट्रपति बनेका थिए । सन २००७ मा पनि उनी दोहोरिएर राष्ट्रपति चुनिए । उनी सन २००८ मा पाकिस्तान छाडेर लण्डन गए ।

सन २०१३ मा चुनाव लड्न पाकिस्तान फर्किए पनि उनलाई अयोग्य घोषणा गरिएको थियो । उनीमाथि पूर्व राष्ट्रपति बेनजीर भुट्टोको हत्यामा हात रहेको आरोप पनि लागेको छ । संविधान निलम्बन गरेर संकटकाल लगाएकोमा उनले मृत्युदण्डको सजाय पाएका थिए ।

तर उनी देश छाडेर भागेकाले त्यो सजाय कार्यान्वयनमा आउन सकेन ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved