सेक्सपियरको नाटक ‘टुभेल्थ नाइट’ पाठशाला थिएटरमा मञ्चन

नेपालभ्युज

सेक्सपियरको नाटक ‘टुभेल्थ नाइट’ पाठशाला थिएटरमा मञ्चन

काठमाडौं। प्रसिद्ध साहित्यकार विलियम सेक्सपियरद्वारा लिखित नाटक ‘टुभेल्थ नाइट’ काठमाडौंमा मञ्चन गरिएको छ । ओजस्वी भट्टराई र सौरभ न्यौपानेको निर्देशन रहेको नाटक शनिबार थापा गाउँस्थित पाठशाला स्कुलको थिएटरमा प्रस्तुत मञ्चन गरिएको हो ।

करिब १ घण्टा १० मिनेट लामो नाटकमा असल पुडासैनी, समिरन चालिसे, सदीक्षा भण्डारी, दर्शना नेपाल, सौर्य नरसिंह थापा लगायतका २२ जना कलाकारले नाटकमा अभिनय गरेका छन् । ती कलाकारहरू पाठशाला नेपालका कक्षा ८ र ९ का विद्यार्थी हुन् । काल्पनिकता र हाँसोले भरिएको नाटकमा त्रिकोणात्मक प्रेम प्रसंगसमेत देखाइएको छ ।

सेक्सपियरले १६औँ शताब्दीमा यो नाटक लेखेका थिए । प्रेम एकातिर र विवाह अर्कोतिर भएर समापन हुने यस नाटकमा भ्रम र यथार्थको समीश्रणले एकापसको आकर्षणको साङ्लो चुँडिएको देखाइएको छ ।

यसअघि, यो नाटक गत माघ १३ र १४ गते नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित पाठशाला साँझमा पनि देखाइएको थियो ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved