स्वस्थानी व्रत आज समापन हुँदै

नेपालभ्युज

स्वस्थानी व्रत आज समापन हुँदै

काठमाडौं। एक महिनासम्म चल्ने स्वस्थानी व्रतकथा आजबाट समापन हुँदैछ।

पौष शुक्ल पूर्णिमाका दिनबाट श्रीस्वस्थानी माताको महिमा वर्णन गर्ने कथाहरूको वाचन आज (आइतबार) माघ शुक्ल पूर्णिमाका दिन विधिवतरुपमा समापन हुन्छ।

काठमाडौंमा अवस्थित शाली नदीमा एक महिनादेखि जारी स्वस्थानी मेला पनि आजै समापन हुन्छ। पौराणिक कथनअनुसार हिमालय पर्वतकी छोरी पार्वतीले स्वस्थानी व्रत बसी महादेव स्वामी पाएको धार्मिक जनविश्वासका आधारमा यो व्रत बस्ने परम्परा रहिआएको छ ।

स्कन्द पुराणअन्तर्गतको केदार खण्डको माघ माहात्म्यमा कुमार र अगस्त्यबीच भएको संवादलाई स्वस्थानी कथाका रुपमा भन्ने र सुन्ने गरिन्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved