आयुर्वेदअनुसार मेवाबाट हुने उपचार

नेपालभ्युज

आयुर्वेदअनुसार मेवाबाट हुने उपचार

एजेन्सी ।  मेवा काँचो वा पाकेको दुवै खाँदा फाइदा हुन्छ । मेवा एक स्वादिष्ट फल हुनुका साथै यसलाई कतिपय अवस्थामा घरेलु उपचारमा पनि प्रयोग गर्न सकिन्छ ।

पाकेको मेवाको दिनहुँ ठीक मात्रामा सेवन गर्नाले पेटको जलन ठीक हुन्छ । भोक जगाउँछ । खाएको कुरा राम्रोसँग पच्छ । पेट फुलेमा आराम दिन्छ । पिसाब सफा बनाउँछ ।

पेट पोल्ने, फियोको समस्या, पत्थरीजस्ता समस्यामा पनि यो लाभदायक हुन्छ । आयुर्वेदिक उपचारमा मेवा खाँदा पाइने अन्य उपचार पद्दति बारे जानौं ।

  • ज्वरो आएका बेला मेवाको पातलाई पिसेर त्यसको २-४ चम्चा रसमा मिश्री मिलाई दिनको दुई-तीन पटक सेवन गर्नाले आराम मिल्छ । हृदयलाई शान्त पार्छ ।
  • २-३ चम्चा मेवाको चोप (दुध) लाई गाईको दुधमा मिलाई खाएमा पेट सम्बन्धि समस्या समाधान हुन्छ ।
  • शरीरका विभिन्न भाग चिलाएमा वा दाद आएमा त्यस्तो ठाउँमा काँचो मेवा काट्दा निस्केको चोप लगाउनाले फाइदा पुग्छ । र, चिलाउन पनि छोड्छ ।
  • मेवाको काँचो फूल काटेर सुकाई पिसेर २-३ चम्चा धुलोलाई तातोपानीमा मिलाई दिनको दुई पटक खानाले पुरानो अतिसार पनि नष्ट हुन्छ ।
  • काँचो मेवाको तरकारीमा ज्वानो झानेर राम्रोसँग गालेर केही दिन खानाले सुत्केरी महिलाको दुध बढ्दछ र बच्चा पनि पुष्ट भएर आउँछ ।
  • काँचो मेवाको रसमा बराबर भाग मिश्री मिलाई दिनको तीन पटक मनतातो पानीसँग केही दिनसम्म पिउनाले फियो र कलेजेको रोग निको हुन्छ ।

Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved