राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारबाट आफ्ना मन्त्री फिर्ता बोलाउँदै !

गृहमन्त्रीका विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग कुरा नमिलेपछि पार्टीले मन्त्री फिर्ता बोलाउन लागेको स्रोतको भनाई छ ।

नेपालभ्युज

राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारबाट आफ्ना मन्त्री फिर्ता बोलाउँदै !

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्ना मन्त्रीलाई सरकारबाट फिर्ता बोलाउने तयारी गरेको छ ।

उक्त पार्टीको जारी बैठकले मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गर्ने तयारी गरेको एक नेताले जानकारी दिएका छन् ।

गृहमन्त्रीका विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग कुरा नमिलेपछि पार्टीले मन्त्री फिर्ता बोलाउन लागेको स्रोतको भनाई छ ।

मन्त्री फिर्ता बोलाए पनि सरकारलाई दिएको समर्थन भने कायमै राख्ने तयारी रहेको ति नेताको दाबी छ ।

यसअघि स्वतन्त्र पार्टीको बिहीबार बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले माग पूरा गर्न प्रधानमन्त्रीलाई २ दिनको समय दिएको थियो ।

उक्त समय सकिएपछि शनिबार बेलुका बैठक बोलाइएको हो । यो बैठकले मन्त्रीलाई फिर्ता गर्ने निर्णय गर्ने बताईएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved