त्रिभुवन विमानस्थलमा निर्देशन कार्यान्वयन भएन : मन्त्री किराती

नेपालभ्युज

त्रिभुवन विमानस्थलमा निर्देशन कार्यान्वयन भएन : मन्त्री किराती
फाइल तस्वीर

काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानथलको सुधार चित्तबुझ्दो नभएको बताएका छन् ।

शनिबार बिहान दोस्रोपटक विमानस्थलको अनुगमन गर्न पुगेका उनले तुलनात्मकरूपमा विमानस्थलको सुधार हुँदै गए पनि चित्तबुझ्दो रूपमा सुधार हुन नसकेको भन्दै अझै सुधारका कार्यक्रम अघि बढाउन निर्देशन दिए ।

उनले यसअघिको अनुगमनमा निर्देशन गरिएका कुराहरु चित्तबुझ्दो रुपमा कार्यान्वयन नभएको बताए । उनले आजको अनुगमनमा टर्लिमा ब्रेक नभएको पाइएको भन्दै तत्काल त्यसलाई सुधार गर्न निर्देशन दिए ।

उनले भने, ‘तुलनात्मक रुपमा सुधार छ तर चित्तबुझ्दो रूपमा सुधार छैन । हिजो निर्देशन गरिएका कुराहरु सम्पूर्ण रूपमा पूरा गर्न र आज देखिएको टर्लिमा ब्रेक छैन, तुरुन्त त्यसलाई सुधार गर्न निर्देशन गरिसकेको छु । ’

मन्त्रालय मन्त्री किरातीले आज (शनिबार) बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन गरेका थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved