एजेन्सी । मेथीले कपालमा आइरन र प्रोटिन दिने काम गर्छ, जसले कपाल बढ्न मद्दत गर्छ । कपालको जराको लागि मेथीको दाना एकदमै फाइदाजनक हुन्छ । यसको प्रयोगले चाँया पनि हट्छ र टाउको चिलाउने समस्या पनि कम हुन्छ ।
मेथीले कपाल झर्न रोक्नुका साथै नयाँ कपाल उर्मिनका लागि पनि सहयोग गर्छ । यसका लागि मेथीलाई विभिन्न तरिकाले प्रयोग गर्न सकिन्छ ।
मेथीको हेयर मास्क
झरिरहेको कपालका लागि मेथीको हेयर मास्क बनाएर लगाउन जरुरी छ । यसका लागि मेथीको दानालाई रातभर भिजाउने । बिहान पिसेर त्यसको पेस्ट बनाएर कपालको जरामा लगाउने र आधा घण्टा राखेर राम्रोसँग धुने । यसलाई दुई हप्तामा एक पटक लगाउन सकिन्छ ।
कागती र मेथी
जसरी मेथीको दानाको पेस्ट बनाइएको थियो त्यसरी नै फेरि पेस्ट बनाउने । उक्त पेस्टमा दुई चम्चा कागतीको रस मिसाउने र त्यसलाई कपालमा लगाउने । कपाल झर्नेदेखि चायाँको समस्या पनि कम हुनेछ ।
अण्डा र मेथी
एउटा कचौरामा मेथीको पेस्ट राख्ने । त्यसमा एउटा अण्डा मिसाउने र कपालमा लगाएर आधा घण्टा राखेर धुने । यसले कपालमा भरपूर पोषण दिनेछ र कपाल झर्न तथा टाउको चिलाउने समस्या हटेर जानेछ ।
Facebook Comment
Comment