घर सजाउँदा यस्ता विषयमा ध्यान दिनुपर्छ

नेपालभ्युज

घर सजाउँदा यस्ता विषयमा ध्यान दिनुपर्छ

एजेन्सी । घरको निर्माण देखि प्रवेशसम्म वास्तुको नियमलाई पालना गर्ने गरिन्छ । वास्तुसम्बन्धी नियममा लापरवाही गर्दा अस्थीरता आउँछ ।

साथै, घरमा कलह बनिरहने गर्छ । त्यसैले, वास्तुको नियमलाई पालना गर्नुपर्छ भन्ने मान्यता छ । साथै गृह प्रवेशका क्रममा पनि सजावटलाई एकदमै ध्यान दिन जरुरी छ ।

– घरको सजावटलाई ध्यान दिँदा घर बन्नुपूर्व कहिल्यै पनि सामान नकिन्नुहोस् । घर किनिसकेपछि वा निर्माण गरिसकेपछि मात्र कोठाको साइज र डिजाइन अनुसारको सामानहरू खरिद गर्नुपर्छ ।

– फर्निचरको खरिदमा पनि त्यसको प्रयोगको बारेमा ध्यान दिनुहोस् । अनावश्यक चिज थुपारेर घर फोहोर मात्र देखिन्छ । घरलाई खुला राख्नका लागि आवश्यक फर्निचर मात्र लिने गर्नुस् ।

– घरको सजावट गर्दा पनि कोठाको लम्बाइ र चौडाइलाई ध्यान दिई गर्नुपर्छ । साथै, वास्तुका नियमलाई पनि ध्यानमा राखेर गरे  सकारात्मक वातावरण बनिरहन्छ ।

– घरमा अत्यधिक तस्वीरहरू लगाउनु हुँदैन । यसले घर भरिएको देखिनेछ । कुनै खास तस्वीरमा मान्छेको ध्यान जाँदैन । त्यसैले महत्वपूर्ण र तपाईंको जीवनसँग जोडिएका सुन्दर तस्वीर मात्र निश्चित भित्तामा लगाउनुहोस् ।

– कतिपय व्यक्तिले घरको वायरिंङ पूर्णरूपमा लुकाएर गरेका हुँदैनन् । पछि आवश्यक परेका बिजुलीसम्बन्धी कामलाई पनि पूर्णरूपमा तारहरू टाँसेर गर्नुपर्छ । चारैतिर तारहरू टंगिएको राम्रो देखिँदैन ।

– फर्निचर तथा भित्ताको रंग एउटै खालको गर्दा घर सुन्दर देखिन्छ । रंगको संयोजनले घरको सुन्दरता बढाउँछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved