अमेरिकी रोजगारी अप्रत्यासित रूपमा वृद्धि, बेरोजगारी दर पाँच वर्ष यताकै न्यून

‘अवकाश र आतिथ्य, आर्थिक तथा व्यावसायिक सेवा र स्वास्थ्य सेवामा भएको वृद्धिका कारण रोजगारीको वृद्धि व्यापक भएको छ,’ प्रतिवेदनमा भनिएको छ ।

नेपालभ्युज

अमेरिकी रोजगारी अप्रत्यासित रूपमा वृद्धि, बेरोजगारी दर पाँच वर्ष यताकै न्यून

वासिङ्टन । गत महिना अमेरिकी रोजगारीमा अप्रत्यासित रूपमा वृद्धि भएको सरकारी तथ्याङ्कले देखाएको छ । आर्थिक गतिविधिलाई बढाउने सरकारी प्रयासपछि बेरोजगारी दर पाँच दशकयताकै न्यून दरमा झरेको हो ।

विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र मानिने अमेरिकाको श्रम विभागले एक रिपोर्टमा भनेको छ, ‘जनवरीमा पाँच लाख १७ हजार रोजगारी थपिएपछि रोजगारीको दर ३.४ प्रतिशतमा झरेको छ ।’

‘अवकाश र आतिथ्य, आर्थिक तथा व्यावसायिक सेवा र स्वास्थ्य सेवामा भएको वृद्धिका कारण रोजगारीको वृद्धि व्यापक भएको छ,’ प्रतिवेदनमा भनिएको छ ।

यो आँकडा नीति निर्माताहरूका लागि चिन्ताजनक सावित हुनसक्छ । किनकी यसले रोजगारीको लाभमा थप गिरावटको अपेक्षालाई अस्वीकार गर्दछ र गत डिसेम्बरको दुई लाख ६० हजार रोजगारीको सङ्ख्याबाट तीव्र वृद्धिको सङ्केत गर्दछ ।

केन्द्रीय बैंकरहरूले बढ्दो मुद्रास्फीतिलाई कम गर्न आक्रामक अभियान सुरु गर्दा, चिन्ताको एक प्रमुख क्षेत्र श्रम बजार भएको छ । अमेरिकी श्रम बजारमा उपलब्ध कामदारहरूको आपूर्तिभन्दा बढी माग छ र रोजगारदाताहरू महामारीको समयका आफ्ना कर्मचारीहरू कायम राख्न उत्सुक छन् ।

सामान्यतया ब्याज दर बढ्दै जाँदा बेरोजगारी बढ्ने देखिए पनि बेरोजगार दर ऐतिहासिक रूपमा न्यूनस्तरमा रहेको छ । फेडरल रिजर्भले पनि उच्च तलबले सेवा मुद्रास्फीतिमा योगदान गर्नसक्छ भन्ने चिन्तामा ज्याला वृद्धिको निगरानी गरिरहेको छ ।

जनवरीमा औसत अमेरिकीको प्रतिघण्टा आम्दानी ०.३ प्रतिशतले बढेर ३३.०३ डलर पुगेको श्रम विभागले जनाएको छ । सिन्ह्रा

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved