साफ यू–२० महिला : नेपाल बङ्गलादेशसँग पराजित

नेपालभ्युज

साफ यू–२० महिला : नेपाल बङ्गलादेशसँग पराजित

काठमाडौं। साफ यू–२० महिला फुटबल च्याम्पियनसिपमा नेपाल बङ्गलादेशसँँग पराजित भएको छ।

ढाकामा शुक्रबार भएको खेलमा नेपाल घरेलु टोलीसँग ३-१ ले पराजित भएको हो।

बंगलादेशको लागि मस्ट अक्लिमा खातुन, शम्सुनाहर र शाहिदा अक्तर रिपाले गोल गरे । नेपालको लागि मनमाया दमाइले एक गोल फर्काइन् ।

तेस्रो मिनेटमै खात्नको गोलले बंगलादेशले खेलमा अग्रता लियो । शम्सुनाहरले खेलको १३ औं मिनेटमा गोलगर्दै बंगलादेशको अग्रता दोब्बर बनाइन्।

२४ औं मिनेटमा मनमायाले गोल गर्दै खेललाई २–१ मा पुर्‍याइन्। खेलको इन्जुरी समयमा रिपाले गोल बंगलादेशको लागि तेस्रो गोल गरिन् ।

आइतबार हुने खेलमा नेपाल र भुटान आमने सामने हुनेछन्। प्रतियोगितामा नेपाल, आयोजक बंगलादेश, भारत र भुटानको सहभागिता रहेको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved