शिक्षामा सुधार गरेर मात्रै समृद्धिको जग बसाल्न सकिन्छ : प्रधानमन्त्री

नेपालभ्युज

शिक्षामा सुधार गरेर मात्रै समृद्धिको जग बसाल्न सकिन्छ : प्रधानमन्त्री

सिन्धुपाल्चोक । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शिक्षामा सुधार गरेर मात्र समृद्धि र सुशासनको जग बसाल्न सकिने बताएका छन् ।

शुक्रबार दिउँसो सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका ५, चनौटेस्थित जनवादी गणतन्त्र चीनको सहयोगमा रत्नराज्य माध्यमिक विद्यालयको नवनिर्मित भवनको समुद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।

‘प्रतिनिधि सभाबाट विश्वासको मत लिँदा केही असाधारण परिस्थिति देखियो । प्रतिनिधिसभाबाट मलाई ९९ प्रतिशतभन्दा बढी सांसदको विश्वासको मत प्राप्त भयो । त्यो मेरा लागि निकै ठूलो जिम्मेवारी र चुनौती पनि हो । विकास, सुशासन र समृद्धिको चुनौती एक्लै पूरा गर्न सकिँदैन । आम जनसमुदाय र छिमेकीहरूको सहयोगबाट मात्र हामीले त्यो चुनौती छिचोल्न सक्छौँ, ‘ प्रधानमन्त्री प्रचण्डले सम्बोधनका क्रममा भने ।

उनले शिक्षा क्षेत्रमा ठीक ढंगले लगानी गरेर मात्र विकास र समृद्धिको जग बसाल्न सकिने बताए । ‘समतामूलक समाज निर्माणको आधार शिक्षा नै हो । शिक्षालाई प्राथमिकता नदिइकन हामीले समाजवादको आधार तयार पार्न सक्दैनौँ । शिक्षाको गुणस्तरले मात्र सुशासन, सभ्यता, संस्कृति र विकासको आधार तयार पार्दछ । तसर्थ, शिक्षा नै महत्वपूर्ण क्षेत्र हो,’ उनले भने ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved