सन्दीपको मुद्दाका सबै कागजात झिकाउन सर्वोच्च अदालतको आदेश

इजलासले काठमाडौं जिल्ला अदालतमा सन्दीपविरुद्ध दर्ता भएको मुद्दादेखि धरौटीमा रिहा गर्ने पाटन उच्च अदालतको आदेशसम्मका सबै कागजात झिकाउन आदेश दिएको हो ।

नेपालभ्युज

सन्दीपको मुद्दाका सबै कागजात झिकाउन सर्वोच्च अदालतको आदेश

काठमाडौं । सर्वोच्च अदालतले सन्दीप लामिछानेविरुद्धको मुद्दामा कैफियत प्रतिवेदन झिकाउन आदेश दिएको छ । अदालतका प्रवक्ता बिमल पौडेलले भने, ‘इजलासले त्यो आदेश जारी गरेको हो । त्यो भनेको मुद्दा प्रक्रियाबारे बुझ्नका लागि हो ।’

न्यायाधीश हरिप्रसाद फुयाँलको शुक्रबारको इजलासले काठमाडौं जिल्ला अदालतमा सन्दीपविरुद्ध दर्ता भएको मुद्दादेखि धरौटीमा रिहा गर्ने पाटन उच्च अदालतको आदेशसम्मका सबै कागजात झिकाउन आदेश दिएको प्रवक्ता पौडेलले बताए ।

सन्दीपविरुद्ध जबरजस्ती करणीको मुद्दा परेको छ । तर पाटन उच्च अदालतले  २८ पुसमा उनलाई २० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो । उक्त आदेश बदर गर्न माग गर्दै महान्यायाधिवक्ताको कार्यालयले सर्वोच्चमा दिएको निवेदनमाथि सुनुवाइ गर्दै इजलासले सबै कागजात मागेको हो ।
निवेदनमा धरौटीमा रिहा गर्ने उच्च अदालतको आदेश बदर गर्न माग गरिएको छ । धरौटीमा रिहा भएका लामिछानेलाई नेपाल क्रिकेट संघ (क्यान)ले निलम्बन फुकुवा गर्नुका साथै राष्ट्रिय टोलीमा समावेश गरिसकेको छ ।

Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved