साफ यू-२० महिला च्याम्पियनसिप : नेपाल र बङ्गलादेश भिड्दै

नेपालभ्युज

साफ यू-२० महिला च्याम्पियनसिप : नेपाल र बङ्गलादेश भिड्दै

काठमाडौं। साफ यू–२० महिला च्याम्पियनसिपमा आज शुक्रबार नेपाल र बङ्गलादेश आमने-सामने हुँदैछन्।

बङ्गलादेशको ढाकास्थित वीर श्रेष्ठ शहीद सिपाही मुस्तोफा कमल स्टेडियममा नेपाल र घरेलु टोली नेपाली समयानुसार साँझ पौने ७ बजे भिड्नेछन्।

नेपाली टोली प्रीति राईको कप्तानीमा मैदान प्रवेश गर्दैछ । नेपाल जित निकाल्दै प्रतियोगिताको सुरुवात गर्ने योजनामा रहेको छ ।

उद्घाटन खेलमा भने भारत र भुटान भिड्दैछन्।  प्रतियोगितामा नेपाल, बङ्गलादेश, भुटान र भारतको सहभागिता रहेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved