जितु र साम्राज्ञी अभिनीत ‘ह्यारी की प्यारी’ आजदेखि हलमा

नेपालभ्युज

जितु र साम्राज्ञी अभिनीत ‘ह्यारी की प्यारी’ आजदेखि हलमा

काठमाडौं। जितु नेपाल, साम्राज्ञी राज्यलक्ष्मी राणालगायत कलाकार अभिनीत नेपाली फिल्म ‘ह्यारी की प्यारी’ आजदेखि प्रदर्शनमा आएको छ।

फिल्ममा विजय बराल, लक्ष्मी गिरी, सुवास गजुरेल, नरेश पौडेल, रञ्जना भट्टराई, समीक्षा पौडेल, रमेश अधिकारी, डिल्लीराम खनालको पनि अभिनय छ। फिल्ममा रेखा थापाको विशेष भूमिको छ।

डा. कपिल रिजालको प्रस्तुति रहेको चलचित्र उनकै कथा र निर्देशनमा बनेको हो ।। पटकथा र संवाद सुदीप बराल, गिरीराज घिमिरे, डाक्टर रिजाल, अभिमन्यु निरवीले लेखेका छन्।

दन्त चिकित्सक डा. रिजालले यही चलचित्रबाट निर्देशनमा डेब्यु गरेका हुन्।

फिल्ममा डा. भोला रिजालको गीत र रचना, शिखर सन्तोष र युग भुसालको सङ्गीत छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved