खानामा यी मसला प्रयोग गर्नुस्, हुनेछैन अपचको समस्या

नेपालभ्युज

खानामा यी मसला प्रयोग गर्नुस्, हुनेछैन अपचको समस्या

एजेन्सी । खाना बनाउनु एउटा कला हो । नेपाली खानामा त झनै विभिन्न खाले मसलाको पनि प्रयोग गरिन्छ । जसले खानालाई स्वादिलो त बनाउँछ नै स्वास्थ्यका लागि पनि फाइदाजनक हुन्छ ।

तर कतिपय अवस्थामा धेरै मसलाको प्रयोगले अपच तथा पाचनक्रियामा समस्या उत्पन्न पनि गर्छ । त्यसैले यसको सही मात्रा हुन आवश्यक हुन्छ । तपाई यी मसलाको प्रयोगले अपचको समस्या भगाउन सक्नुहुनेछ ।

जीरा

जीरा केवल झान्नको लागि मात्र प्रयोग हुँदैन यसले खानामा स्वाद तथा मिठो वासना पनि दिने गर्छ । साथै यसले भोजनलाई पचाउन पनि मद्दत गर्छ । त्यसैले मिठो तरकारी बनाउँदै हुनुहुन्छ भने जीराको सही मात्रा प्रयोग गर्न नभुल्नुहोला ।

ज्वानो

ज्वानो त विशेष गरी पेटमा अपच हुँदा नै हामी प्रयोग गर्छौं । तर यसलाई नियमित खानामा प्रयोग गर्न सकिन्छ । जसले अपचको समस्या त भगाउँछ नै पाचन क्रिया पनि बलियो बनाउँछ ।

हिंग

हिंगलाई पनि त्यत्तिकै प्रयोग गरिएको छैन । यसले पनि पेटको दुखाई, ग्यास, तथा अपच जस्तो समस्या हटाउने काम गर्छ । त्यसैले कुनै पनि भारी खालको पकवान बनाइरहनुभएको छ भने हिंगले झान्न नभुल्नुहोला ।

सुकमेल

मानिसहरु सुकमेल मुखमा वासनाको लागि धेरै प्रयोग गरिरहेका हुन्छन् । खासगरी दुध तथा मासुको परिकारमा सुकमेलको स्वाद बढी आएको पाइन्छ । यसको धुलो पनि तपाईंले मसलाको रुपमा प्रयोग गर्न सक्नुहुन्छ । यसले पाचनक्रियालाई सही राख्न मद्दत गर्छ ।

सोंफ

सोंफ खासगरी खानापछि खाने गरिन्छ । त्यसबाटै थाहा हुन्छ यसले भोजन पचाउन कति महत्वपूर्ण भूमिका खेल्छ भनेर । तपाईं सोंफलाई चिया मसलामा पनि प्रयोग गर्न सक्नुहुन्छ । खासगरी अन्य गरम मसलामा यसले शीतलता ल्याउने काम गर्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved