बिरेनुनमा छन् यति धेरै फाइदा

नेपालभ्युज

बिरेनुनमा छन् यति धेरै फाइदा

एजेन्सी । त्यसो त बिरेनुन हामी सबैको घरमा हुन्छ । यसलाई हामीले अपच हुँदा वा केही खानेकुरासँग प्रयोग गरिरहेका हुन्छौं । यसले अपचका साथै अन्य धेरै कुरामा पनि फाइदा पुर्‍याउँछ भन्ने सबैलाई थाहा नहुन सक्छ ।

आज जानौं बिरेनुनका अन्य कति धेरै फाइदा छन् ।

  • बिरेनुनको नियमित सेवनले बाथ, पित्त र कफलाई नियन्त्रणमा राख्ने काम गर्छ । यसमा सोडियमको मात्रा कम हुने भएकाले उच्च रक्तचापका बिरामीलाई पनि अर्को नुन भन्दा लाभदायक हुन्छ ।
  • बिरेनुनले पेटमा भएका विषाक्त तत्वलाई बाहिर निकाल्ने काम गर्छ । जसले गर्दा ग्यास्ट्रिक, कब्जियत, अम्लीयपनलगायत समस्याबाट छुटकारा मिल्छ ।
  • बिरेनुनमा प्रशस्त मात्रामा सल्फर, आइरनलगायत शरीरलाई आवश्यक खनिज तत्व हुन्छन । जसका कारण मोटोपना, खराब कोलस्ट्रोल, श्वासप्रश्वाससम्बन्धी समस्याबाट बचाउने काम गर्छ ।
  • यसले धातुबाट हुने असरबाटसमेत बचाउँछ । त्यस्तै, छालालाई नरम, स्वस्थ, सुन्दर राख्न पनि मद्दत गर्छ ।
  • यसको सेवनले कुष्ठरोग, दाद वा छालासम्बन्धी रोगबाट समेत टाढा रहन सकिन्छ ।
  • त्यस्तै, मनतातो पानीमा प्राकृतिक बिरेनुनको मिश्रण गरी नुहाएमा शरीरमा लाभ मिल्छ ।

Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved