‘पाकिस्तानको मस्जिदमा भएको बम विष्फोटमा आतंकवादी सञ्जालको सम्लग्नता’

नेपालभ्युज

‘पाकिस्तानको मस्जिदमा भएको बम विष्फोटमा आतंकवादी सञ्जालको सम्लग्नता’

इस्लामावाद । पाकिस्तानको उत्तरपश्चिमी पेशावर शहर खैबर पख्तुनख्वाको एक मस्जिदमा सोमबार भएको आत्मघाती बम विष्फोटमा संलग्न आतंककारीको सञ्जाल पाकिस्तानी प्रहरीले फेला पारेको एक वरिष्ठ प्रहरी अधिकारीले बिहीबार बताएका छन् ।

पख्तुनख्वाका प्रहरी प्रमुख मोअज्जाम जाह अन्सारीले एक पत्रकार सम्मेलनमा भने, ‘प्रहरी आक्रमणको पछाडि रहेको आतंकवादी सञ्जाल पत्ता लगाउन नजिक पुगेको छ । हामी घटनामा प्रत्यक्षपमा सम्लग्न र योजनाकारहरूलाई पनि चिन्दछौं ।’

आत्मघाती आक्रमणकारी शहरको अति संवेदनशील क्षेत्रमा कसरी पस्न सफल भयो भन्ने बारे कुरा गर्दै अन्सारीले आक्रमणकारीले प्रहरीको पोसाक लगाएको र प्रवेशद्वारमा रहेका सुरक्षाकर्मीले उसलाई प्रहरीसँग सम्बन्धित भएको ठानी झुक्एिको बताए ।

सोमबार दिउँसो १२ः३७ बजे आत्मघाती आक्रमणकारी हेल्मेट लगाएर मोटरसाइकलमा मुख्य गेटमा आई एक हवल्दारसँग मस्जिद कहाँ छ भनेर सोधेको बताउँदै आक्रमणकारीलाई यस क्षेत्रको बारेमा थाहा नभएकोजस्तो देखिएको छ ।

‘आक्रमणकारीलाई लक्ष्य दिइएको थियो र उसको पछाडि पूरै नेटवर्क छ,’ उनले भने ।

क्षतिग्रस्त मस्जिदको भग्नावशेषबाट आत्मघाती आक्रमणकारीको टाउको र आत्मघाती ज्याकेटमा प्रयोग गरिएको ‘बल बेयरिङ’ बरामद गरिएको र विस्फोटमा १० देखि १२ किलो अत्यधिक विस्फोटक ‘टीएनटी’ प्रयोग गरिएको उनले बताए ।

शक्तिशाली विस्फोटमा परी कम्तीमा १०० जनाको मृत्यु हुनुका साथै अन्य २०० भन्दा बढी घाइते भएका अस्पताल र प्रहरी अधिकारीहरुले बताएका छन् ।  सिन्ह्वा
 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved