सांसद चौधरीलाई रिहा गर्न नागरिक उन्मुक्तिले दियो २४ घण्टे अल्टिमेटम

नेपालभ्युज

सांसद चौधरीलाई रिहा गर्न नागरिक उन्मुक्तिले दियो २४ घण्टे अल्टिमेटम

काठमाडौं ।  नागरिक उन्मुक्ति पार्टीले कैलाली क्षेत्र नं. २ बाट प्रतिनिधि सभामा निर्वाचित सांसद अरुणकुमार चौधरीलाई  रिहा गर्न २४ घण्टे अल्टिमेटम दिएको छ ।

बिहीबार उक्त पार्टीका प्रवक्ता दामोदर पण्डितले एक प्रेस विज्ञप्ती जारी गर्दै २४ घण्टाभित्र नछाडे आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

जिल्ला अदालत कैलालीबाट ६ महिना कैद सजाय पाएका सांसद चौधरीलाई फैसला कार्यान्वयनका लागि प्रहरीले आजै बाँकेमा पक्राउ गरेको हो ।

पण्डितले भनेका छन्, ‘हामी सरकारलाई र सम्बन्धित निकायलाई २४ घन्टा भित्र रिहा नगरे, त्यसपछिका घटनामा आफैं घट्ने घटनाको परिणाम दोषी सरकार र सम्बन्धित निकाय हुने छ ।’

कैलाली–२ का सांसद अरुणकुमार चौधरीलाई १३ वर्ष पुरानो आगजनीको घटनामा जिल्ला अदालत कैलालीले ६ महिना कैद सजाय सुनाए पनि उनी सजाय भुक्तान नगरी सांसदमा निर्वाचित भएका हुन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved