सन्दीप लामिछाने राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा

नेपालभ्युज

सन्दीप लामिछाने राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा

काठमाडौं। निलम्बनमा फुकुवा भएका पूर्व कप्तान सन्दीप लामिछाने राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षणमा सहभागी हुने भएका छन् ।

क्रिकेटका प्रमुख छनोटकर्ता दीपेन्द्र चौधरीले सन्दीपलाई टोलीमा समावेश गर्ने लगभग तय भएको नेपालभ्यूजलाई बताए ।

‘सन्दीपले आज होटल चेकइन गरे। भोलि स्वास्थ्य परीक्षण हुनेछ। एक–दुईमा रिर्पोटले के देखाउँछ। त्यो हेछौँ। क्यान सन्दीपलाई टोलीमा समावेश गर्न अग्रसर छ।’, चौधरीले भने ।

राष्ट्रिय टोलीमा फर्काउने अधिकार भने खेलाडी छनोट समितिलाई दिइएको थियो ।नेपाल क्रिकेट संघ क्यानको बोर्ड बैठकले बुधबार सन्दीपको निलम्बन फुकुवा गर्ने निर्णय गरेको थियो ।

छनोट समितिले टिममा समावेश गर्ने निर्णयसँगै सन्दीपले बिहीबारै प्रमुख प्रशिक्षक मोन्टी देशाईसँग भेटेर कुराकानी गरेका छन् । र उनले केही खेलाडीसँगै कीर्तिपुरमा पुगेर अभ्यास पनि गरेका छन् ।

नाबालिग बलात्कार आरोप लागेपछि सन्दीपलाई असोज २० गते प्रहरीले पक्राउ गरेको थियो । त्यसको भोलिपल्टै क्यानले उनलाई राष्ट्रिय टिमबाट निलम्बन गरेको थियो ।

सन्दीप उच्च अदालतको आदेशपछि मंसिर २९ गते धरौटीमा रिहा भएका थिए । अदालतमा मुद्दा विचाराधीन रहेको अवस्थामा क्यानले निलम्बन फुकुवा मात्र गरेन राष्ट्रिय टिममै समावेश गरेको छ ।

नेपालले आईसीसी क्रिकेट विश्वकप लिग टू अन्तर्गत नामिविया र स्कटल्यान्डसँग त्रिकोणात्मक शृंखला खेल्दैछ । यो शृंखला फागुन २ गतेदेखि सुरु हुनेछ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved