‘नेपाली टोली प्रदर्शनको लागि तयार’–प्रशिक्षक गुरुङ

नेपालभ्युज

‘नेपाली टोली प्रदर्शनको लागि तयार’–प्रशिक्षक गुरुङ

काठमाडौं। साफ यू–२० महिला प्रतियोगिताको लागि नेपाली टोली तयार भएको मुख्य प्रशिक्षक यम प्रसाद गुरुङले जनाएका छन्।

बुधबार आयोजित पत्रकार सम्मेलनमा प्रशिक्षक गुरुङले टोली प्रदर्शनको लागि तयार भएको जानकारी गराएका हुन्।

‘हामीले प्रतियोगिताको लागि राम्रो तयारी गरेका छौँ। सबै ४ सहभागी टोली बराबर र प्रतिस्पर्धात्मक छ ।’, प्रशिक्षक गुरुङले भने, ‘आयोजक भएकोले बङ्गलादेशलाई फाइदा छ। तर, प्रतियोगिताको नतिजा मैदानमा देखिनेछ।’

कप्तान प्रीति राईले प्रतियोगितामा नेपाली टोलीले धेरै मेहेन्त गर्नुपर्ने बताएकी छिन्।

प्रीतिले भनिन्, ‘प्रतियोगिताको लागि तयारी राम्रो भएको छ। यू–१७ विश्वकपमा भारतको राम्रो अनुभव रहेको छ। पछिल्लो समय भुटानले पनि राम्रो प्रगति गरिरहेको छ। यसकारण पनि हामीले राम्रो नतिजा पाउनुको लागि प्रतिस्पर्धात्मक खेल प्रस्तुत गर्नु पर्ने हुन्छ।’

प्रतियोगितामा नेपाल, आयोजक बंगलादेश, भारत र भुटानको सहभागिता रहेको छ ।

माघ २० गते नेपालले पहिलो खेल बङ्गलादेशसँग खेल्नेछ । दोस्रो खेलमा भुटानसँग माघ २२ गते प्रतिस्पर्धा गर्नेछ। २४ गते नेपाल र भारत आमने-सामने हुनेछन्।

माघ २० देखि फागुन १ सम्म हुने प्रतियोगिता बङ्गलादेशमा सञ्चालन हुनेछ।

नेपाली टोली

गोलकिपर : कविता विक, सावित्री किशन, लिला जोशी

डिफेन्डर : सविना चौधरी, सजनी थोकर, सरु हमाल, सुनीता भुलन, दिव्या यस्मलाई मगर, प्रतिक्षा चौधरी, कुमारी तामाङ

मिडफिल्डर : तुलसा बोहरा, कुसुम खतिवडा, सारा बज्राचार्य, सुनकला राई, मनमाया दमाई, प्रीति राई (कप्तान), अञ्जली माचामासी, सरस्वती हमाल, दीपा शाही

फरवार्ड : गरिमा राई, अमिषा कार्की, ममता पुन, अञ्जली चन्द


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved