के दुवै मिर्गौला बिना मान्छे बाँच्न सक्छ ?

नेपालभ्युज

के दुवै मिर्गौला बिना मान्छे बाँच्न सक्छ ?

एजेन्सी । मिर्गौला हाम्रो शरीरको एउटा महत्वपूर्ण अंग हो । यदि यसले सही ढंगले काम गरेन भने हाम्रो रगत सफा हुन पाउँदैन । दुवै मिर्गौला फेल भए भने मानिस धेरै समय बाँच्न सक्दैन । तर यदि त्यस्तो व्यक्तिलाई डायलिसिसमा राखियो भने ऊ वर्षौं बाँच्न पनि सक्छ ।

भारतको बिहारमा एउटा यस्तो घटना अगाडि आएको छ जहाँ एउटा झोले डाक्टर एकजना बिरामी महिलाको दुवै मिर्गौला निकालेर भागेको छ । बिरामी सुनिता मिर्गौला नभएरै विगत चार महिनादेखि बाँचिरहेकी छन् । उनी हरेक दोस्रो दिन डायलाईसिसका  लागि जान्छिन् ।

यो खबरसँगै एउटा उत्सुकुता जागेको छ के मानिस मिर्गौला बिना पनि बाँच्न सक्छ ? यदि बाँच्न सक्छ भने कति समय ?

मिर्गौला बिनाको जीवन

संसारमा कैयौं यस्ता व्यक्ति छन् जो एउटा मिर्गौलामै जीवित छन् । अस्ट्रेलिया स्थित किड्नी हेल्थ अर्गनाइजेशनका अनुसार, हरेक ७५० व्यक्ति मध्ये एउटा व्यक्ति एउटै मात्र मिर्गौला लिएर जन्मन्छ । कतिपय अवस्थामा विभिन्न समस्याका कारण एउटा मिर्गौला निकालिएको हुन्छ । तर व्यक्तिमा एउटा पनि मिर्गौला भएन भने बाँच्न गाह्रो हुन्छ ।

मिर्गौलाले हाम्रो शरीरको रगत सफा गर्ने काम गर्छ । यदि त्यही काम शरीरमा बन्द भयो भने त बाँच्न गाह्रो परिहाल्छ । कोही व्यक्तिको दुवै मिर्गौला निकालियो भने डायलाइसिस बिना मानिस बाँच्न सक्दैन । हप्तामा तीन दिनसम्म डायलाइसिसको आवश्यकता पर्दछ ।

मिर्गौला बिना कति समय बाँच्छ मानिस् ?

बिना मिर्गौला कोही व्यक्ति डायलाईसिसको भरमा बाँचिरहेको छ भने कति लामो समयसम्म बाँच्न सक्छ भनेर भन्न सकिँदैन । उसको शरीरले डायलाइसिसलाई कसरी लिइरहेको छ जीवन यसमा भर पर्छ । डायलाइसिसले मानिस वर्षौं बाँच्न सक्छ ।

जसका लागि उसले हरेक दुई या तीन दिनमा डायलाइसिस गर्न जरुरी हुन्छ । संसारमा कैयौं व्यक्ति यस्ता छन् जो सही मिर्गौलाको प्रतिक्षामा डायलाइसिसका भरमा बाँचिरहेका छन् ।

मिर्गौला प्रत्यारोपण 

मिर्गौला प्रत्यारोपणका लागि दिने र लिने व्यक्तिको रगतको समूह मिल्न जरुरी हुन्छ । त्यसपछि दिने र लिने दुवै व्यक्तिको कोषिका म्याच गराइन्छ । यदि दुवै ठिकसँग म्याच भए भने मात्र मिर्गौला प्रत्यारोपण गर्न सकिन्छ ।

त्यसो त म्याच गरे पनि बिमारीको शरीरले मिर्गौला रिजेक्ट गर्न पनि सक्छ । त्यसैले उक्त व्यक्तिले एक वर्षसम्म नियमित उपचार गराउन जरुरी हुन्छ । र सधैका लागि औषधि प्रयोग गर्नु पर्छ । सुरुवातका तीन महिना एकदमै संवेदनशील हुन्छन् ।

यतिबेला शरीरले प्रत्यारोपण गरेको मिर्गौला रिजेक्ट गर्न पनि सक्छ । एक वर्षपछि भने त्यस्तो सम्भावना १० प्रतिशतमा घट्छ र अलि ढुक्क हुन सकिन्छ ।

यदि कोही व्यक्तिले मिर्गौला प्रत्यारोपण गरेको छ भने उसले धुमपान, मध्यपानजस्ता अम्मल छोड्नुपर्छ । शरीरको तौल कम गर्नुपर्छ साथै स्वस्थ खानपानमा एकदमै ध्यान दिनुपर्ने हुन्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved