कालिञ्चोक दर्शनको आईपीओ बाँडफाँट

नेपालभ्युज

कालिञ्चोक दर्शनको आईपीओ बाँडफाँट

काठमाडौं। कालिञ्चोक दर्शन लिमिटेडको धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बाँडफाँट भएको छ । कम्पनीले माघ ३ देखि ६ गतेसम्म सर्वसाधारणलाई ८ करोड ९६ लाख ४० हजार रुपैयाँ बराबरको ८ लाख ९६ हजार ४०० कित्ता साधारण सेयर जारी गरेको थियो । जसमध्ये १८ हजार ६४० जनाले  १० कित्ता सेयर पाएका छन् ।

कम्पनीले नेपाल धितोपत्र बोर्डबाट जारी पुँजी ६० करोड रुपैयाँको १८ प्रतिशतले हुने १० करोड ८० लाख रुपैयाँ बराबरको १० लाख ८० हजार कित्ता साधारण सेयर जारी गर्ने अनुमति पाएको थियो । जसको १० प्रतिशतले हुने एक लाख ८ हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई जारी गरिसकेकेा छ ।

त्यस्तै, पाँच प्रतिशतले हुने ५४ हजार कित्ता सेयर सामूहिक लगानी कोषहरूलाई र २ प्रतिशतले हुने २१ हजार ६०९० कित्ता सेयर कर्मचारीको लागि छुट्याएर बाँकी रहेको ८ लाख ९६ हजार ४०० कित्ता सेयर सर्वसाधारणलाई निष्कासन गरेको हो ।

कम्पनीको उक्त आईपीओमा १४ लाख ७३ हजार ९६९ जना आवेदकले १ करोड ६६ लाख ७० हजार ९९० कित्ता सेयरको लागि आवेदन दिएका थिए । जसमध्ये ८ हजार २०६ जनाको आवेदन रद्द भएको बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङले जानकारी गराएको छ ।

उक्त आईपीओ बिहीबार बिहान बाँडफाँट भएको नबिल इन्भेष्टमेन्ट बैंकिङले जनाएको छ । आईपीओमा माग भन्दा बढी आवेदन परेकोले धितोपत्र निष्कासन तथा बाँडफाँट निर्देशीका अनुसार गोलप्रथाबाट आईपीओ बाँडफाट गर्दा आवेदन दिएका ८९ हजार ६४० जना आवेदकलाई गोलाप्रथामार्फत १० कित्ताका दरले सेयर दिइएको छ ।

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved