राष्ट्रियसभा उपाध्यक्षमा उम्मेदवारी दिने कांग्रेसको निर्णय

नेपालभ्युज

राष्ट्रियसभा उपाध्यक्षमा उम्मेदवारी दिने कांग्रेसको निर्णय
फाइल तश्वीर

काठमाडौं। नेपाली कांग्रेसले राष्ट्रियसभा उपाध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेको छ । दलका नेता तथा सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बिहीबार बसेको संसदीय दल कार्य समिति बैठकले माघ २३ गते हुन लागेको राष्ट्रियसभा उपाध्यक्षको चुनावमा उम्मेदवारी दिने निर्णय गरेको हो ।

उपाध्यक्षमा उम्मेदवार दिने र अन्य दलसँग पनि छलफल गरेर अघि बढ्ने निर्णय भएको प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए । त्यस्तै कार्य समिति बैठकले माघ २६ गते संसदीय दलको बैठक बोलाउने निर्णय गरेको छ ।

लेखकले राष्ट्रपतिमा राष्ट्रिय सहमति गर्ने कुरा प्रधानमन्त्रीले बताइसकेकाले कांग्रेस प्रधानमन्त्रीको भनाइप्रति विश्वस्त रहेको बताए । उनले प्रधानमन्त्रीबाट आउने प्रस्तावका आधारमा कांग्रेसले थप निर्णय गर्नेसमेत बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved