‘पठान’ हेर्न हल पुगे पूर्वरानी कोमल र पूर्वयुवराज्ञी हिमानी

नेपालभ्युज

‘पठान’ हेर्न हल पुगे पूर्वरानी कोमल र पूर्वयुवराज्ञी हिमानी

काठमाडौं। पूर्वरानी कोमल शाह बलिउड फिल्म पठान हेर्न पुगेकी छन् । उनी बुधबार दरबारमार्गस्थित दरबार सिनेम्याक्समा उक्त फिल्मी हेर्न पुगेकी हुन् ।

‘दरबार सिनेम्याक्समा तपाईंको भव्य उपस्थितिबाट हामी धेरै खुसी छौँ’, दरबार सिनेम्याक्सले फेसबुकमा लेखेको छ, ‘फेरि फेरि पनि हामी स्वागत गर्न आतुर रहनेछौँ ।’

हल म्यानेजर सुरेन्द्र महर्जनका अनुसार शनिबार बेलुकी साढे ५ बजेको शोमा पुगेर उनीहरूले फिल्म हेरेका थिए । फिल्म हेरेपछि पूर्वरानी कोमल र हिमानीले फिल्म मनपरेको प्रतिक्रिया दिएको जनाइएको छ । उनीहरूसँग अन्य सहयोगी पनि हलमा पुगेर फिल्म हेरेका थिए । पूर्वराजपरिवारका सदस्यहरूले यसअघि पनि बेला-बेलामा हलमा पुगेर फिल्म हेर्ने गरेका छन् ।

शाहरुख खान, दीपिका पादुकोण र जोन अब्राहम स्टारर फिल्मले घरेलु बक्स अफिसमा राम्रो कमाइ गरेको छ । सिद्धार्थ आनन्द निर्देशित यो फिल्म मुलुकका डेढ सयभन्दा बढी हलमा प्रदर्शन भइरहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved