राष्ट्रिय स्वतन्त्र पार्टीका चितवन सभापति सापकोटाले त्यागे पार्टी

रवि लामिछानेलाई गत निर्वाचनमा चितवन २ बाट जिताउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेका सापकोटाले नेतृत्वको कार्यशैलीप्रति असहमति राख्दै पार्टी छाडेका हुन्।

नेपालभ्युज

राष्ट्रिय स्वतन्त्र पार्टीका चितवन सभापति सापकोटाले त्यागे पार्टी

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी चितवन जिल्ला सभापति धर्मेन्द्र सापकोटाले पार्टी पारित्याग गरेका छन्।

रवि लामिछानेलाई गत निर्वाचनमा चितवन २ बाट जिताउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेका सापकोटाले नेतृत्वको कार्यशैलीप्रति असहमति राख्दै पार्टी छाडेका हुन्।

पार्टीभित्र केही व्यक्तिको मनोमानी चलेको भन्दै असन्तुष्टि पोखेका उनले अब स्वतन्त्र रहने बताए। सापकोटाले नेतृत्वले पार्टीभित्र बोल्ने अधिकार पनि नदिने गरिएको आरोप लगाए।

आमजनताको अभिमतलाई बेवास्ता गरेर पार्टी चलाउन खोजिएकाले आफूले राजीनामा दिएको बताए।

 

यो पनि पढ्नुहोस :

राष्ट्रिय स्वतन्त्र पार्टी खारेजीको माग गर्दै आयोगमा उजुरी

गृहमा फर्किन रविको मरिहत्ते किन ?


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved