नेप्सेमा सामान्य वृद्धि, कारोबार रकम भने घट्यो

नेपालभ्युज

नेप्सेमा सामान्य वृद्धि, कारोबार रकम भने घट्यो

काठमाडौं। बुधबार सेयर बजार परिसूचक नेप्से सामान्य बढेर बन्द भएको छ । आज ४.९७ अंकले बढेको बजार २११६.६५ बिन्दुमा रोकिएको छ ।

शून्य दशमलव २४ प्रतिशतले बढेको बजारमा २६१ धितोपत्रको ३६ हजार ८७९ वटा कारोबारबाट ५० लाख २४ हजार ३८१ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम भने खस्किएको छ । कुल १ अर्ब ७६ करोड ७० लाख रुपैयाँको मात्र कारोबार भएको छ ।

बुभबार इन्भेस्टमेन्ट, माइक्रोफाइनान्स, म्युचुअल फन्ड, अन्य र ट्रेडिङ उपसूचक राताम्य देखिएका छन् । त्यसबाहेकका उपसूचकको मूल्य बढेको छ । आदर्श लघुवित्त वित्तीय संस्थाको कारोबार सकारात्मक सर्किट लेवलमा भयो । सिद्धार्थ इन्स्योरेन्स, इस्टर्न हाइड्रो, राप्ती हाइड्रोलगायत कम्पनीको मूल्य धेरैले बढेको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved