‘थलापति ६७’ मा सञ्जय दत्त भिलेन

नेपालभ्युज

‘थलापति ६७’ मा सञ्जय दत्त भिलेन

मुम्बई। बलिउड अभिनेता सञ्जय अब साउथ अभिनेता थलापति विजयको फिल्म ‘थलापति ६७’मा भिलेनका रूपमा देखिने भएका छन् ।

फिल्मका निर्माता जगदीशले आफ्नो ट्विटर हेन्डलमा फिल्ममा सञ्जयको लुक्सको पहिलो झलक सार्वजनिक गरेका छन् । ‘सञ्जय दत्त सर तपाईंले हामीलाई पहिलो भेटमै निकै सहज महसुस गराउनुभएको छ । हामी तपाईंसँग सहकार्य गर्न पाउँदा खुसी छौं । प्रेम र सहयोगका लागि धन्यवाद’, उनले लेखेका छन् ।

जगदिशले सञ्जयको जुन तस्बिर सेयर गरेका छन्, त्यसमा सञ्जयको भनाइलाई पनि लेखेका छन् । ‘जब मैले थलापति ६७ को वान लाइनर सुनें, त्यही बेला म यो फिल्मको हिस्सा हुनुपर्छ भन्ने निर्णय लिइसकेको थिएँ । म यो यात्राको सुरुवात गर्न पाउँदा रोमाञ्चित महसुस गरिरहेको छु’, सञ्जयले भनेका छन् ।

फिल्मको निर्देशन लोकेश कगनराजले गर्नेछन् ।

हिरो र भिलेन दुवै चरित्रमा अब्बल अभिनयका कारण सञ्जय दत्तको फ्यान फलोइङ उल्लेख्य छ ।  सञ्जयले सन् २०२२ मा यशको फिल्म ‘केजीएफ २’, अक्षय कुमारको ‘सम्राट पृथ्वीराज’ र रणवीर कपुरको फिल्म ‘शमशेरा’मा देखिएका थिए । उनी यो वर्ष ‘थलापति ६७’का अलावा ‘द गुड महाराजा’ र ‘घुडचढी’मा देखिँदैछन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved