क्यानले गर्‍यो खेलाडीको ग्रेडिङ, रोहित ‘ए’ र ज्ञानेन्द्र ‘बी’ ग्रेडमा

नेपाल क्रिकेट संघ क्यानको बोर्ड बैठकले राष्ट्रिय खेलाडीको ग्रेडिङ गरेको छ।

नेपालभ्युज

क्यानले गर्‍यो खेलाडीको ग्रेडिङ, रोहित ‘ए’ र ज्ञानेन्द्र ‘बी’ ग्रेडमा

काठमाडौं। नेपाल क्रिकेट संघ क्यानको बोर्ड बैठकले राष्ट्रिय खेलाडीको ग्रेडिङ गरेको छ।

पोखरामा चतुर बहादुर चन्दको अध्यक्षतामा बसेको बैठकले खेलाडीलाई ए, बी र सी मा ग्रेडिङ गरेको हो।

रोहित पौडेल, सोमपाल कामी, करण केसी, दीपेन्द्र सिंह ऐरी र आशिफ शेखलाई ग्रेड ‘ए’मा राखिएको छ। ज्ञानेन्द्र मल्ल, कुशल भूर्तेल र आरिफ शेखलाई ग्रेड ‘बी’ मा छन्।

ग्रेड ‘सी’मा कमल सिंह ऐरी, विनोद भण्डारी, गुल्शन कुमार झा, अर्जुन साउद, अविनाश बोहरा, ललित नारायण राजवंशी, कुशल मल्ल, देव खनाल, सागर ढकाल र विवेक यादव छन्।

महिलातर्फ भने रुविना क्षेत्री, सीता राना मगर र इन्दु बर्मालाई ग्रेड ‘ए’ मा राखिएको छ। ग्रेड ‘बी’मा भने काजोल श्रेष्ठ, कविता कुँवर र अस्मिना कर्माचार्य छन्। कविता जोशी, विन्दु रावल, सङ्गीता राई, ममता र्चाधरी, ज्योति पाण्डे र अप्सरी बेगमलाई ग्रेड ‘सी’मा छन्।

बैठकले १८ पुरुष र १२ महिला खेलाडीलाई केन्द्रीय करारमा राख्ने निर्णय पनि गरेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved